नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर्न माग

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । मानवअधिकार तथा शान्ति समाज गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुमाथि कारवाही सुनिश्चित गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको संस्थाका सभापति ढुण्डीराज पोखरेलले बताउनुभयो ।

ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी कार्यदल गठनको नियत देखि चलखेल सम्मका सम्पूर्ण फेहरिस्तहरुको सुक्ष्म अध्ययन अनुसन्धान गरि दोषीहरू प्रमुख दलका शिर्ष नेतासहित जो कोही हुन् कानून सम्मत कारवाही सुनिश्चित गर्न, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न र मानव अधिकार मैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुगोमा पुर्याउन माग गरिएको छ ।

ADVERTISEMENT

ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सम्बन्धित स्थानसम्म ज्ञापनपत्र पुर्‍याउने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज