लघुकथासंग्रह ‘अभियान लघुकथा’ सार्वजनिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भक्तपुर । लघुकथासंग्रह ‘अभियान लघुकथा’ सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाजले ६२ जना लघुकथाकारको संयुक्त लघुकथासंग्रह ‘अभियान लघुकथा’ सार्वजनिक गरेको हो । साहित्यकारहरू मोहनबहादुर कायस्थ, धनमान श्रेष्ठ र लता केसीले संयुक्त रूपमा उक्त संग्रहको लोकार्पण गर्नुभएको हो ।

ADVERTISEMENT

सो अवसरमा स्रष्टाहरू सुरेन्द्रलाल भुजू, निर्मला बराल, राजेन्द्र चित्रकार, सुनीता निरौला, हिमलाल श्रेष्ठ, यमुना प्रधानाङ, विनोद नेपाल र मिमला शर्माले लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रममा कायस्थ, श्रेष्ठ, केसीसँगै कृति सम्पादक ध्रुव मधिकर्मी, विनोद ढुंगेललगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *