गोकुल बाँस्कोटाको प्रश्न-३१ महिना सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । एमाले सांसद गोकुल बाँस्कोटाले ३१ महिना सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो भन्दै प्रश्न गर्नुभएकाे छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले डा. बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल प्रचण्ड ३१ महिना सरकार रहँदा शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो भनेर प्रश्न गर्नुभएकाे हाे ।

सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले देशको आर्थिक अवस्था सुधार्न नसक्ने भन्दै उहाँले आफ्नो कमजोरी छोप्न विपक्षी दलमाथि सत्तापक्ष खनिने काम भएको आरोप लगाउनुभयाे ।

ADVERTISEMENT

शान्तिप्रक्रिया चाँडै टुंगियोस् भन्ने एमाले पनि चाहने भए पनि सत्तापक्षबाट भइरहेको विपक्षी दलमाथिको टिप्पणीले भलो नगर्ने उहाँको चेतावनी छ ।

अघिल्लो वर्ष पेस गरिएको नीति तथा कार्यक्रमको समीक्षाबाट अहिले नीति तथा कार्यक्रम ल्याइएको हो भन्दै प्रश्न गर्दै उहाँले मनु मञ्जिलको कविता वाचन गर्दै सत्तापक्षलाई कटाक्षसमेत गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?