भोजपुर । पछिल्लो समयमा पूर्वी पहाडी जिल्ला भोजपुरमा आयुर्वेद स्वास्थ्य सेवाप्रति आर्कषण बढेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको शिविरहरुमा समेत सेवाग्राहीको चाप देखिएको छ ।
आर्युवेद स्वास्थ्य केन्द्रले जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा संचालन गरेको शिविरमा दुई सय बढीको उपचार गरिएको केन्द्रका प्रमुख मनोज कुमार पण्डितले बताउनुभयो । शिविरबाट एक सय २८ महिला र ९३ पुरुष गरी जम्मा दुई सय २१ जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख पण्डितले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समयमा भोजपुरमा आयुर्वेद स्वास्थ्य सेवाप्रति नागरिकको चासो बढदै गएको छ, संचालित योग शिविरहरु समेत प्रभावकारी बनेका छन् ।”
शिविरमा निःशुल्क चेकजाँच तथा औषधी वितरणका साथै पञ्चकर्म, पूर्वकर्म अन्तर्गत स्नेहन र स्वेदन विधीबाट विरामीको उपचार गरिएको छ । शिविरमा पायल्स, बाथ रोग, खोकी दम, स्त्रीरोग लगायतका विरामी बढी भेटिएको केन्द्रले जनाएको छ ।
भोजपुरमा जिल्ला सदरमुकामका साथै पालिकास्तरहरुमा समेत आयुर्वेद स्वास्थ्य संस्थाहरु संचालनमा रहदै आएका छन ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts