अदुवा बजारीकरणमा अभाव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

इलाम । इलामको पश्चिमी गाउँपालिकामा व्यवसायीक रुपमा अदुवा खेती भएपनि बजारीकरणको अभाव छ । १० मनदेखि ८० मनसम्म अदुवा रोपिँदै आएपनि व्यवसायीकरण र बजारीकरणमा सरकारी ध्यान नपुग्दा उचित मुल्य किसानको हातमा पुग्न सकेको छैन ।

अदुवा मसलाको रुपमा प्रयोग हुन्छ । नेपालमै अदुवा उत्पादनमा प्रथम इलामको उत्पादित अदुवा भारत निकासी हुन्छ । इलामको पश्चिमि फाकफोकथुम गाउँपालिकामा अहिलेपनि हरेक किसानको बारीमा अदुवा खेती हुन्छ । आम्दानीको मुख्य श्रोत अदुवा उत्पादनमा अहिले फाकफोकथुम प्रथम स्थानमा नै आउँछ ।

अदुवाको उत्पादन राम्रो भएपनि किसानका हातमा श्रम अनुसारको मूल्य पुग्न सकेको छैन । नेपालमा संकलन मात्रै हुने र भारत निकासी हुने हुँदा किसानले राम्रो मूल्य नपाएको फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताउनुभयो ।

ADVERTISEMENT

नेपाली अदुवाको मूल्य भारतीय बजारमा निर्भर छ । त्यसमा पनि फाकफोकथुमबाट झापाका बजार जोड्ने सडक कच्चि छन् । जसले गर्दा किसानको हातमा भारतीय व्यवसायीले तोकेको मुल्य पनि पुग्दैन । फाकफोकबाट झापाका बजार पुर्‍याएको ढुवानी खर्च नै बढी हुन्छ । जसले गर्दा किसानले बजारमा तोकिएको मूल्य समेत पाउँदैनन् । फाकफोकथुम पालिका भित्रका किसानले आफ्नो मुख्य आम्दानीको श्रोत बनाएपनि मूल्य कम पाउने गरेको गुनासो छ ।

फाकफोकथुम भित्र उत्पादन हुने अदुवा स्थानीय व्यवसायीबाट संकलन हुन्छ । यहाँ संकलन भएको अदुवा झापाका बजारमा पुर्‍याइन्छ । झापाबाट काकरभिट्टा नाका हुँदै अदुवा भारत निकासी हुने गरेको छ । अदुवाको मुल्य अहिले २ हजार रुपैयाँ छ । सिजनको सुरुमा अदुवा १ हजार रुपैयाँमा खरिद बिक्रि हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *