सञ्चार विधेयक छिट्टै ल्याउछौँः मुख्यमन्त्री पाण्डे

रासस
रासस
Read Time = 3 mins

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको बताउनुभएको छ । प्रेस युनियन कास्कीको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा कार्यरत सञ्चारकर्मीसँगको छलफलबाट नै सञ्चार विधयक ल्याई पास गर्ने तयारीमा छौँ ।”

मर्यादित पत्रकारिता आजको आवश्यकता भएको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय पत्रकारिताका नाउँमा व्यक्तिको चरित्रहत्या गर्ने काम भएको र सञ्चारकर्मीले गम्भीर तथा सोच विचारका साथ कलम चलाउनुपर्नेमा उहाँको जोड छ । सङ्घीयता विरोधी गतिविधि चलिरहेको वर्तमान अवस्थामा सञ्चारकर्मीले सङ्घीयता र लोकतन्त्रको पक्षमा कलम चलाउन आवश्यक रहेका बताउँदै उहाँले पत्रकारले त्यस्ता गतिविधिलाई मलजल हाल्ने किसिमले कलम नचलाउनसमेत आग्रह गर्नुभयो ।

समाजलाई बाटो देखाउने पत्रकारले जुनसुकै अवस्थामा पनि सत्थ्य, तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्न छाड्न नहुने उहाँले बताउनुभयो । प्रत्रकारितामा शुद्धिकरणको आवश्यकता पनि देखिएकाले त्यसतर्फ पत्रकार महासङ्घको ध्यान जान आवश्यक भएको कुरा उहाँले औँल्याउनुभयो । “गलत प्रवृत्तिबाट गरिने पत्रकारिताको नियमन हुन जरुरी छ”, उहाँले भन्नुभयो, “सरकारका गलत कुरालाई गलत र सहीलाई सही भनेर सूचना जनतासम्म पु¥याउने काम सञ्चारकर्मीले गर्नुपर्छ ।”

ADVERTISEMENT

सो अवसरमा नेपाली कांग्रेस गण्डकीका अध्यक्ष शुक्रराज शर्मा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिमिल्सेना, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, पुरस्कृत व्यक्तित्व विमला भण्डारी, पत्रकार गङ्गाधर पराजुली लगायतले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका बारेमा बोल्नुभएको थियो ।

प्रेस युनियन कास्कीका कार्यबाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस युनियन कास्कीद्धारा प्रदान गरिने विभिन्न पुरस्कारद्वारा पत्रकार रवीन्द्र बाँस्तोला, बिमला भण्डारी, रमेश पौडेल र नवीन सिग्देललाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?