प्रजिअको टोलीद्वारा सैतीस जनालाई सम्बन्धितकै गाउँपालिकाबाट नागरिकता

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । आफनै गाउँपालिकामा नागरिकता पाउँदा भोजपुरको दक्षिण आमचोक गाउँपालिकाका नागरिक खुशी देखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बनाउन नपाएका नागरिकले शनिवार आफ्नै पालिकामा नागरिकता लिएको आमचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले जानकारी दिनु भयो ।

आमचोक गाउँपालिकाका अपाङ्ग, वृद्धवृद्धन, दिर्घरोगी गरी ३७ जनालाई नागरिकता बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो । उहाँले भन्नुभयो, “समस्यामा परेका नागरिकता प्राप्त गर्न नसकेका नागरिकलाई गाउँपालिकाको विशेष अनुरोधमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बितरण गरिएको हो ।”

ADVERTISEMENT

गाउँपालिकाको अनुरोधनमा भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे नेतृत्वको टोलीले गाउँपालिकामा नै पुगेर नागरिकता बितरण गरेको छ । नागरिकता पाउनबाट बञ्चित नागरिकले गाउँमै नागरिकता पाएपछि खुशी महशुस गर्नु भएको छ ।

“जिल्लामा पुगेर नागरिकता बनाउन सम्भव नदेखिएकोले पालिकामा नै नागरिकता दिन गरेको बिशेष अनुरोध अनुसार हामीले नागरिकता दिऔं ।” प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज