मधेस सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा गठबन्धन छै : अध्यक्ष नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्ने गरी आएको बताउनुभयाे ।

उहाँले जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायक भएको बताउनुभएकाे हाे ।

‘सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ’ नेपालले भन्नुभयाे ।

ADVERTISEMENT

उहाँले मधेस सरकारको नेतृत्व तत्काल परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्धन नरहेको पनि उहाँले जानकारी दिनुभयाे । ‘मधेस सरकारको अहिले नेतृत्व परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्न छैन, यही सरकारमा अन्य दललाई पनि समावेश गर्ने गरी अघि बढछौं’ उहाँले भन्नुभयाे ।

नेता नेपालले रेशम चौधरीलाई जेलवाट रिहा गर्नका लागि पहलकदमी भईरहेको पनि जनाउनुभयाे । उहाँले भन्नुभयाे,- ‘सर्वोच्च अदालतको फैसलाले रेशम चौधरीको रिहाईका लागि केही अबरोध गरेको छ तर अर्को बिकल्प खोजी गरी रिहा गर्ने कोशिशमा हामी रहेका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज