करार शिक्षक पदपूर्तिबारे नागरिकस्तरमा अनावश्यक टिप्पणी भएकाे भन्दै पालिकाद्वारा प्रष्टीकरण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा करार शिक्षक पदपूर्तिका लागि स्थगित गरिएको परीक्षा शुक्रबार, शनिबार र आइतबार सञ्चालन गरिने भएको छ । बिहिबार इस्मा गाउँपालिकामा पत्रकारहरुसँग छलफलको क्रममा गाउँपालिका उपाध्यक्ष एवम् प्रवक्ता पार्वती कुँवरले इस्मा गाउँपालिकामा करार शिक्षक पदपूर्तिका लागि यस अघि गत शनिबार स्थगित गरिएको परीक्षा शुक्रबार, शनिबार र आइतबार सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

यसअघि परीक्षा सञ्चालन गर्ने भनिएपनि व्यवस्थापनको पक्षमा आवश्यक तयारी गर्दा गर्दै पनि तयारी नपुगेकाले परीक्षा स्थगित गरिएको उहाँले बताउनुभयो । इस्मा गाउँपालिकाले यस अघि तय गरेको करार शिक्षक पदपूर्तिका लागि सञ्चालन गर्न लागिएको परीक्षा स्थगित भएपछि नागरिकस्तरमा विभिन्न टिकाटिप्पणी समेत भएको भन्दै उपाध्यक्ष कुँवरले सो दिन आवश्यक तयारी नपुगेकाले प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित विद्यालयका अध्यक्ष र प्रधानाध्यापकसँगको परामर्शमा नै परीक्षा सारिएको बताउनुभयो ।

ADVERTISEMENT

‘बैशाख ३१ गते शिक्षकहरुको परीक्षा सञ्चालन गर्ने क्रममा कतिपय व्यवस्थापकीय कमजोरी गाउँपालिकाका भएकै हुन् । सो व्यवस्थापकीय कमजोरी हामीले स्वीकार्नै पर्छ ।’ उहाँले भन्नुभयो,-‘सोही दिन गाउँपालिकामा शब इन्जिनियर र उद्यम विकास सहजकर्ताको पनि परीक्षा थियो । हामीलाई दुईवटा परीक्षा फरक-फरक रुपमा सञ्चालन गर्नुपर्ने बाध्यता थियो । अर्कापट्टी झण्डै करार शिक्षक पदपूर्तिका लागि झण्डै ४० जना शिक्षकको पनि परीक्षा सञ्चालन गर्नुपर्ने थियो ।’

परीक्षा सञ्चालन गर्न आवश्यक हललगायतका कारणले परीक्षा सञ्चालन गर्न नसकेको बताउँदै उपाध्यक्ष कुँवरले यसअघि व्यवस्थापकीय कमजोरीका कारण रोकिएका परीक्षा शुक्रबारदेखि सञ्चालन हुने बताउनुभयो । उहाँले परीक्षा गाउँपालिकाको विधि, निधि र परिधिभित्र रहेर मर्यादित तथा निष्पक्ष रुपमा सञ्चालन हुने समेत दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज