लम्पी स्किन रोगले पशुधनमा क्षती

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । गर्मी मौसममा गाईभैंसिमा देखिने संक्रमण (लम्पी स्किन रोग) ले डडेल्धुराका किसानहरुको पशुधनमा ठूलो क्षती भएको छ ।

गर्मी मौसममा टोक्ने झिंगा (डाँस), लामखुट्टे, किर्ना जस्ता किराहरुबाट सर्ने महामारीको रुपमा व्यापक फैलिएको लम्पी स्किन रोगबाट पशुधनमा दूध उत्पादनमा कमी ल्याउने प्रजनन समस्या आउने, छालाको गुणस्तरमा ह्रास आउने, तौल घटने, छाला र लोतीमा गिर्खा देखिने, थुतुनो, ओठ तथा मुख र नाक भित्र घाउ देखिने, र्‍याल काढ्ने जस्ता विविध लक्षण देखिने रोग लम्पीस्किनबाट डडेल्धुरामा साढे आठ हजार बिरामी गाई मध्ये ४१९ र ४२५ बिरामी भैंसि मध्ये २३ (बैशाख मसान्त सममको तथ्यांक) मरे पछि करोडौंको लगानी नोक्सानी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डडेल्धुराले जानकारी दिएको छ ।

चैत्र अन्तिम साताबाट देखिएको यो रोगको उपचारका लागि अस्पतालमा दिनहुँ सैयौं चौपाया आउने गरेको तर प्रभावकारी उपचार नभए पनि उपलब्ध श्रोत साधन र जनशक्ति परिचालन गरि नियन्त्रणमा ल्याउने प्रयास भएको बिज्ञ केन्द्रका कार्यालय प्रमुख देवराज भट्टले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

आकस्मिक फैलिएको यो रोगबाट जिल्लाका सात वटै पालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार मरेका पशुधनबाट कृषकहरुलाई डेढ करोड बराबरको क्षती भएको छ भने थप क्षती रोक्न जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम प्रदेश सरकारलाई सिफारिस गरिएको कार्यालयले जनाएको छ ।

गाउँघरमा गाई, गोरु र भैंसिहरुमा देखिएको लम्पी स्किन रोग रोकथाम र नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरि उपलब्ध श्रोत साधनको परिचालन गर्दै कार्यालयले प्रयास गरे पनि पूर्ण रुपमा नियन्त्रण गर्न चुनौती देखिएपछि किसानहरु चिन्तित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?