सिन्धुलीको चियाबारीका आगलागी पीडितलाई नगद सहयोग

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । कमलामाई नगरपालिका-२ चियाबारीका आगलागी पीडित परिवारलाई बुधबार नगद सहयोग गरिएको छ ।

नेपाल फिल्म सोसाइटी ग्क्ब्का प्रेसिडेन्ट, ग्लोबल नेपाली फिल्म अवार्ड्सका अध्यक्ष तथा समाजसेवी नवराज श्रेष्ठ र गोपी नारायण श्रेष्ठको पहलमा एक लाख ५६ हजार नगद संकलन भएको थियो ।

उक्त रकम प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको उपस्थिति तथा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठको सहजिकरणमा आगलागी चार पीडित परिवारलाई ३९ हजारका दरले वितरण गरिएको हो ।

ADVERTISEMENT

कमलामाई नगरपालिका-४ ढुङग्रेवासका नवराज हाल अमेरिकाको कोलोराडोमा बस्नुहुन्छ । उहाँको पहल तथा प्रयासमा जगदिश चन्द्र ढकाल, सरिता गुरुङ, सुमन पाठक, ग्रिस्मा गौतम, प्रकाश पौडेल, दिना श्रेष्ठ, रोशन बोगटी, डीपी शर्मा, राज कुमार काफ्ले, पदम विश्वकर्मा, अर्जुन के.सी, भुषण श्रेष्ठ, शैलेश श्रेष्ठ, इच्छा बिक्रम थापा, कृष्ण सुनार, बिनय कुमार श्रेष्ठ, नबिन श्रेष्ठ, सरिता श्रेष्ठ, अमिर श्रेष्ठ, हेमन्ती श्रेष्ठ, पुरुषोतम सुवेदी, वेद लामा र अष्ट्रेलियाबाट अस्मिता श्रेष्ठबाट संकलन भएको रकम सोमबार रेडक्रस सभापति श्रेष्ठको खातामा पठाइएको थियो ।

सोही रकम बुझेपछि आगलागी पीडितहरु कौशल थापा, टोप कुमार थापा, (सिताराम) अम्बिका कुमारी बुढाथोकी (कोइराला) र रुपा राईले सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

गत महिना भएको आगलागीबाट चार वटा घरसहित पसल र घरमा रहेका सम्पूर्ण सामान जलेर एक करोड १६ लाख बढीको क्षति भएको थियो । आगलागीबाट जलेर नष्ट भएका घरको अझैसम्म पुर्ननिर्माण हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *