एमसिसी पारित भएपछि अमेरिकन सक्रियता बढन थाल्यो : झलनाथ खनाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल प्रति बैदेशिक चासोसहित हस्तक्षेप बढेको बताउनुभएको छ ।

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित भए पछि अमेरिकन सक्रियता र चासो पनि थप बढेको नेता खनालले जनाउनुभएको छ ।

आज बिहान काठमाडौंमा आयोजित ३० औं मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै एमसिसी पारित भए पछि अमेरिकन नेताहरू तारान्तर नेपाल आउन थालेको उहाँको भनाइ छ । ‘एमसिसी पारित भए पछि अमेकिरन नेताहरू तारान्तार नेपाल आउन थालेका छन, उनीहरू आउने बितिक्कै सुरुमा तिब्बतियनहरूलाई भेट्न पुग्छन र गृहमन्त्रीलाई भेटेर उनीहरूको परिचय पत्र बनाउन लगाउँछन्,’ उहाँले भन्नुभयो, ‘यो सब बिषयलाई गम्भिर रुपमा हेर्नुपर्छ, अमेरिकनहरूबाट खुल्लम खुल्ला रुपमा यस्तो बैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन ।’

ADVERTISEMENT

पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखे‍ल थप बढेको उल्लेख गर्दै नेता खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने अवस्था आएको जनाउनुभएको छ । भण्डारीले वैदेशीक हस्तक्षेपका बिरुद्ध डटेर सामना गर्नका लागि सदैव प्रेरणा दिने गरेको पनि खनालले स्मरण गर्नुभएको छ ।

नेकपा एमाले विभाजन गरेर अलग भए पछि खुलेरै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का बिपक्षमा उभिदै आउनुभएका खनालले बामपन्थी एकता कायमै राख्न सकेमा सातवटै प्रदेशमा कम्युनिष्टहरूको सरकार निर्माण हुने भन्न चाँही बाँकी राख्नुभएन । ‘बामपन्थीहरू बीच एकता कायम गर्ने हो भने सातै प्रदेशमा कम्युनिष्टहरूको सरकार बन्छ, मदन भण्डारीले कम्युनिष्ट एकताका लागि सदैव त्याग गर्नु भएको थियो, उहाँबाट यो पाठ सिक्नु पर्छ,’ उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सहि ढंगले टुंगोमा पुर्याउनुपर्नेमा जोड गर्नुभएको छ । ‘यो काण्डलाई अपराधको मात्र हो भनेर सिमित गर्नु हुँदैन, यो राष्ट्रघाति र देशद्रोही कार्य हो,’ खनालको भनाइ थियो । प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने जनाउँदै खनालले त्यसमा राजनीतिक हस्तक्षेप हुन नहुने जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज