भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस्ः सांसद अर्याल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी जफत गर्न माग गर्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरु देश छोडेर भाग्नसक्ने खतरा भएको भन्दै राहतदानी तुरुन्त जफत गर्न माग गर्नुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउनु नहुने पनि बताउनु भयो । उहाँले अपराधीलाई बचाउन खोजेमा रास्वपाले सडक र सदन दुवैमा जनताको आक्रोशलाई साथ दिने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘भूटानी शरणार्थीको विषय शुरुवात मात्रै हुन् । यस्ता हजारौँ भ्रष्टाचारका फाइलहरु खोल्दै जानुपर्ने छ । सरकारले खुट्टा नकमाओस् । प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्छ । तर प्रहरीले पनि मेहनत गरेर जुटाएको प्रमाण बीचैमा हराउनु हुँदैन । खबरदार । अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भागबन्डाको नियुक्ती हुन्छ भनेर यही रोष्टमबाट पटक-पटक भनिएको सबैलाई याद होला । खबरदार अपराधीलाई कुनै हालतमा बचाउन खोजियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सडक दुवैमा जनताको आक्रोशलाई साथ दिनेछ । देश छोडेर भाग्नसक्ने खतरा भएकोले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस् ।’

ADVERTISEMENT

उहाँले पार्टीभित्र भ्रष्टहरु पालेर संसदमा ठुला कुरा नगर्न राजनीतिक दलहरुलाई चेतावनी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज