३७७ वर्ष पुरानो ऋषिको मन्दिर ओझेलमा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको माण्डव्य ऋषिको मन्दिर ओझेलमा परेको छ । राज्यले संरक्षण र प्रवद्र्धनमा ध्यान नदिँदा माण्डव्य ऋषिको तपोभूमि माडीफाँटको दक्षिण दमकडामा रहेको माण्डव्य ऋषिको मन्दिर ओझेलमा परेको हो ।

पाल्पाको तानसेन नगरपालिका–९ दमकडामा ३७७ वर्षअघि यो मन्दिरको स्थापना गरिएको थियो । पुरानो र ऐतिहासिक, धार्मिक सम्पदाको रूपमा रहेको यो मन्दिरको प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीय पत्रकार प्रकाश नेपालले बताउनुुभयो । पुरानो, धार्मिक र ऐतिहासिक महत्व बोकेको मन्दिरको प्रचार–प्रसारको अभावसँगै राज्यले विकासमा ध्यान नदिँदा पछाडि परेको नेपालको भनाइ छ ।

यस क्षेत्रको धार्मिक महत्वसँगै पर्यटकीय सम्भावना रहे पनि राज्यबाट विकासको कुनै पनि पहल नभएको उहाँको गुनासो छ । मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको पत्रकार नेपालले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘मन्दिरको आफ्नै महत्व र इतिहास रहे पनि विगतका स्थानीय सरकार र सम्बन्धित निकायले चासो नदिँदा यो मन्दिर ओझेलमा पर्न गएको हो ।’

स्थानीय धार्मिक, सांस्कृतिक, पर्यटकीय सम्पदाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहे पनि विगतका स्थानीय सरकारले यस्ता सम्पदाप्रति बेवास्ता गर्दा ओझेलमा पर्न गएको स्थानीय सीता अधिकारीले बताउनुुभयो ।

ऋषिकै नामबाट नामकरण गरिएको माडीफाँटको किनार दमकडामा मन्दिर स्थापना गरिएको छ । तपस्या र साधनायुक्त ठानिने माण्डव्य ऋषिको धार्मिक शास्त्रमा व्याख्या गरेअनुरूप महत्व र महिमा ठूलो भए पनि प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको हो । पद्य पुराणमा उल्लेख भएअनुरूप माडीफाँट आसपासदेखि सत्यवतीसम्म माण्डव्य ऋषिको प्रसंग जोडिने अध्यता विश्वराज पौडेल बताउनुुहुुन्छ ।

ADVERTISEMENT

उहाँ भन्नुुहुुन्छ, ‘ऋषिको रथ यात्रासँगै यसको प्रचार–प्रसार हुनुपर्दछ ।’ भण्डारी, ज्ञवाली थरका मानिसहरूको गोत्र माण्डव्य भएको र माण्डव्य ऋषिले साधनाको क्षेत्रमा मात्र नभई आयुर्वेदिक चिकित्सा क्षेत्रमासमेत उत्तिकै दक्खल राखेको पाइन्छ । माण्डव्य ऋषिको नेपाल सरकारले केही समय अगाडि हुलाक टिकट प्रकाशनमा ल्याएको थियो । यसको महत्व र महिमा धेरै भए पनि प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको छ ।

बल्ल पुुग्दै छ स्थानीय सरकारको दृष्टि
पुरानो र ऐतिहासिक इतिहास बोकेको यो मन्दिरको प्रचार प्रसारमा बल्ल स्थानीय सरकारको दृष्टि पुुगेको विगतका स्थानीय सरकार र सम्बन्धित निकायले मन्दिरको प्रचार प्रसारमा चासो नदिए पनि अहिलेको स्थानीय सरकारले भने बल्ल केही चासो देखाउन थालेको छ ।

यो मन्दिरको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्य राखेर तानसेन नगर सरकार र वडा कार्यालयले केही चासो भने देखाएका छन् । मन्दिर स्थापना भएको केही वर्षसम्म रथ निकाल्ने पराम्परा रहे पनि लामो समय यता निकालिएको थिएन । यस वर्ष भने वडा कार्यालय र माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानको सहयोगमा रथ यात्रा निकालिएको छ ।

वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको रथ यात्रा निकालिएको हो । माण्डव्य ऋषिको मात्र नभई माण्डव्य तपोभूमिको प्रचार–प्रसार गर्ने उद्देश्यले रथ यात्राको निकालिएको वडा अध्यक्ष राजेशकुमार अर्यालले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘आगामी दिनमासमेत रथयत्रालाई निरन्तरता दिने छौं धार्मिक, सांस्कृतिक संरक्षणमा हाम्रो चासो रहने छ ।’

माण्डव्य सरोवरको विकास गरी धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने दिशामा स्थानीय सरकार लाग्ने वडा अध्यक्ष अर्यालले बताउनुुभयो । माण्डव्य ऋषिको रथयात्रा निकाल्न पाउँदा अत्यन्त खुसी लागेको जग्गा दाता सीता अधिकारीले बताउनुुभयो । उहाँले ओझेलमा परेको मन्दिरको प्रचार–प्रसारका लागि रथयात्राले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?