गजुरी गाउँपालिकाले नि:शुल्क शववाहन सेवा दिने

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको गजुरी गाउँपालिकाले नि:शुल्क शववाहन सेवा सुरु गरेको छ ।

पृथ्वीराजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना लगायत अन्य प्रकारका घटनालाई लक्षित गरी गाउँपालिकाले निशुल्क शववाहन सेवा सुरु गरेको हो ।

ADVERTISEMENT

सवारी दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शव पोस्टमार्टम तथा अन्तिम संस्कारका लागि लैजान गाउँपालिकाले शववाहन सेवा सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी जानकारी दिनुभयो ।

गजुरी गाउँपालिका वासीका लागि निःशुल्क शववाहन सेवा प्रवाह गरिने गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो । तर, गजुरी गाउँपालिकाभन्दा बाहिरका छन् भने प्रचलित जिल्ला दररेट अनुसार शुल्क लाग्नेछ उहाँले बताउनु भयाे । उहाँका अनुसार पालिकाले डेढ वर्षअघि किनेको बा.२ झ ४३३३ नम्बरको एम्बुलेन्सलाई नै अहिले शववाहनको रूपमा प्रयोग गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज