आठ जिल्लाका बालिकाद्वारा घोषणा पत्र बुझाउँदै मधेश बालिका सम्मेलन सम्पन्न

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । प्रथम मधेश प्रदेश बालिका सम्मेलन आठ जिल्लाका बालिकाद्धारा घोषणा पत्र संयुक्त रुपमा मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सचिव रन्जित यादवलाई बुझाउँदै समापन भएको छ ।

बाल अधिकारको प्रबद्र्धन तथा संरक्षण गर्दै विशेषगरि बालिकाहरुको समग्र विकासका लागि बालविवाह अन्त्य गर्न संयुक्त प्रयास गर्ने र मधेस प्रदेशको गौरव “बेटी पढाऔँ, बेटी बचाऔँ” अभियानलाई बढावा दिने उद्देश्यका साथ २०८०, बैशाख १७–१८ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेस बालिका सम्मेलन सम्पन्न भएको हो ।

दुई दिन सम्म चलेको कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले बैशाख १७ गतेलाई प्रदेश सरकारले बालविवाह विरुद्धको दिवस मनाउने घोषणा गर्नुभएको छ । साथै मुख्यमन्त्री यादवले सन् २०३० सम्म मधेश प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना ल्याएको बताउनुभयो ।
१० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत भइसकेको जानकारी दिनुहुँदै मुख्यमन्त्री यादवले प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाउने बताउनुभयो ।

ADVERTISEMENT

बालबालिकाको हकहितका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउंदै उहांले सरकारले यस दिशामा महत्वपूर्ण प्रयासहरु गरिरहेको चर्चा गर्नुभयो । बेटी पढाउ, बेटी बचाउ अभियान पनि प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्येश्यले संचालन गरिएको जानकारी दिनुहुँदै यो अभियानबाट चाहेको अनुरुप प्रतिफल प्राप्त हुन नसकेको स्वीकार गर्नुभयो ।

बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउन दलित शिक्षा अभियान संचालन गरिएको बताउनुहुँदै मुख्यमन्त्री यादवले प्रदेशमा बालिकालाई सशक्त बनाउने अभियानलाई यसले बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले पूर्ण सुरक्षित मातृत्व प्रदेश, कुपोषण मुक्त प्रदेश बनाउने लक्ष्य लिएर अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

मधेस प्रदेशका आठ वटै जिल्लाका करिब दुई सय बालिका तथा किशोरी सहभागी भएको कार्यक्रमको आयोजना मधेस प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले गरेका थिए भने जसमा वल्र्ड भिजन, यूनिसेफ, यू।एन, एफ, पि।ए।, प्लान नेपाल, केयर नेपाल, यू।एस। ए।आई। डी बागमती सेवा, समाज नेपाल, ग्रामिण विकास केन्द्र, नेपाल, दलित समाज उत्थान समिति नेपाल, आसमान लगायतका संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज