धादिङको रूबीभयालीमा हेलीप्याड निर्माण

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । नेपाली सेनाले उत्तरी धादिङको रूबीभयाली गाउँपालिकामा हेलीप्याड निर्माण गरेको छ । रूवीभ्याली गाउँपालिकाको रुबिभ्याली(३ सेर्तुङ स्थित कोच्जोङमा नेपाली सेनाले हेली प्याड निर्माण गरेको हो । यो हेलिप्याड जिल्ला सदरमुकामभन्दा विकटमा बनेको पहिलो ठुलो हेलीप्याड हो ।

विपदमा परेका, जटिल अवस्थाका गर्भवती रसुत्केरी महिला तथा गम्भिर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेली प्याड निर्माण गरिएको नेपाली सेनाको शिवदल गण गजुरीका गणपति प्रमुख सेनानी अशोक राज बरालले बताउनु भयो। ‘जिल्ला सदरमुकामदेखि टाढा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपतकालीन अवस्थामा हेली उद्दार गर्न सहज होस भन्नका लागि हेलीप्याड निर्माण गरेको हो।, बरालले बताउनु भयो ।

ADVERTISEMENT

गाउँपालिकाको समन्वयमा सेनाले दस लाखको लगानीमा हेली प्याड निर्माण भएको हो । हेली प्याड निर्माण हुनु खुसीको कुरा भएको गाउँपालिकाका स्थानीयले बताए । प्राकृतिक विपदको समय उद्धारमा साह्रै कठिनाइ भोग्नुपरेको थियो, हेली प्याड निर्माण भएपछि त्यस्ता कठिनाइ नरहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?