भोजपुर । सिचाई अभावमा भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका जमिन बाँझिदै गएका थिए । पानीको अभावमा किसानहरु आकासे पानीको भरमा खेती गर्नु पर्ने बाध्यतामा थियो । तर सो समस्याको भने हल हुनेपछि किसानहरुमा खेतीप्रति उत्साह बढन थालेको छ ।
गाउँपालिकामा सिचाई अभावको समस्या झेली रहेका किसानहरु पक्की कुलो निर्माण भएपछि हर्षित भएका हुन । “गाउँमा परिवार पाल्न भनेर निकै दुःख गरेर खेती लगाए पनि बालीनालीलाई आवश्यकता अनुसार सिचाई दिन नपाउँदा किसानहरु मारमा परेका थियौ, अव भने समस्या समाधान भएको छ ।” स्थानीय उपभोत्ता देवीराम गिरीले भन्नुभयो, तर अहिले कुलो बन्न थालेपछि किसानहरु जग्गामा राम्रो अन्नपात उत्पादनको सपना देख्न थालेका छन् ।
स्वीस सरकार, संघीय सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा कुलो निर्माण हुन थाले पछि किसानहरुमा आकासे पानीको भर पर्नु पर्ने बाध्यता हट्दै गएको छ । पक्की कुलो नभएकाले ल्याइएको पानी कच्ची कुलोका कारण ठाउँ–ठाउँमा चुहिने र सोसिएर जाने कारण हिउँदयाममा खेतमा पानी पुर्याउन किसानहरुलाई समस्या थियो ।
स्थानीय पूर्ण कुमार राईले भन्नुभयो, “गहुँ, मकैबाली छर्ने समय रात दिन किसानका बिचमा पालो विभाजन गरेर पानी लगाउने चलन थियो । रातको समयमा बस्तीदेखि टाढा रहेको मुहानमा पुगेर कुरेरै पानी लगाउनु पर्ने अवस्था थियो, तर अव भने यो समस्या हुने छैन ।”
निर्माणाधिन कुलोबाट करिब सात सय ४९ घर धुरीलाई सिचाई सुविधा पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले बताउनुभयो । सिचाईले पालिकाकालाई आत्मा निर्भर पालिका वनाउनन पनि सहयोग पुग्ने छ, न्यौपानेले भन्नुभयो ।
अहिले निर्माण भईरहेकको सिचाई आयोजना स्वीस सरकार, संघीय सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण भईरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । यो आर्थिक वर्षमा करिव दुई करोड २१ लाखको लागतमा वन्दै गरेको कुलो पालिकाको एक, तीन, चार, आठ र नौ नम्वर वडाको वुलुम्पा, ओखरवोटे, खोङटाङ, वैरेनी कुलो मर्मत गरी पक्की बनाईएको हो ।
कुलो निर्माण भएपछि वाँझिएको अवस्थामा रहेका खेतहरुमा पनि खेती गरेर उत्पादन लिन सकिने बुलुम्पा सिचाई आयोजना सचिव मन्दिरा मगरले बताउनुभयो । टेम्केमैयुङ गाउँपालिकामा ३ आर्थिक वर्षमा ४ करोड २५ लाख लागतमा १० वटा कुलो निर्माण भई सकेको छ । कुलोबाट पानी पर्याप्त आउन थालेपछि पानीको अभावमा एक वाली मात्र लगाउने वारीमा अहिले धेरै प्रकारका तरकारीहरु समेत लगाउने गरिएको छ ।
किसानहरुले सिचाई सुविधाबाट तरकारी खेतीबाट थप आय आर्जन गरि रहेकाले गाउँपालिकाले पनि कुलो निर्माणलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts