पशुको उपचार तथा बाँझोपन निवारणका लागि शिविर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पशुवस्तुको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि एकदिने शिविरमा सात हजार पाँच सय ८० पशुवस्तुको स्वास्थ्योपचार गरिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक सहयोग र गाउँपालिका पशु शाखा तथा वडा कार्यालयको आर्थिक सहयोगमा वडा नं ४ रन्चोकमा शिविरमा आयोजना गरिएको पशुसेवा विज्ञ केन्द्र गोरखाका अधिकृत तथा सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिनुभयो ।

“शिविरमा विभिन्न एक सय ३७ शीर्षकमा पशुवस्तुको उपचार गरिएको थियो”, सूचना अधिकारी डा अर्यालले भन्नुभयो, “सो क्रममा चार सय ११ गाईगोरु, दुई हजार सात सय ८० भेडाबाख्राको उपचार गरिएको हो ।”

त्यस्तै रागाभैँसी दुई सय ४६ तथा कुखुरा चार हजार एक सय ४६ वटाको औषधोपचार गरिएको उहाँले बताउनुभयो । उपचारका क्रममा पशुवस्तुका लागि आवश्यक औषधि पशुपालक किसानलाई वितरण गरिनुका साथै औषधि प्रयोगबारे जानकारी प्रदान गरिएको उहाँको भनाइ छ ।

ADVERTISEMENT

“शिविरमा छवटा कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन दिइएको छ”, उहाँले भन्नुभयो, “परीक्षणका लागि ४० पशुपालक कृषकले ल्याएका पशुवस्तुका गोवरसमेत जाँच गरिएको छ ।” गोवर परीक्षणका गरिएकामध्ये झन्डै आधा जतिमा आन्तरिक परजिवीको समस्या देखिएको उहाँले बताउनुभयो । “गोवर परीक्षणको पूरै रिपोर्ट त आउन बाँकी नै छ”, डा अर्यालले भन्नुभयो, “तर पनि करिब आधा जतिमा आन्तरिक परजिवीको समस्या देखिएको थियो भने आधाजसोमा समस्या देखिएको थिएन ।”

शिविरमा उपचारका ल्याउन नसकिएका समस्याग्रस्त पशुवस्तुको भने पशुपालक किसानको घरमै पुगेरसमेत उपचार गरिएको सूचना अधिकारी डा अर्यालले बताउनुभयो ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाका निमित्त प्रमुख डा शर्मिला कुमालको नेतृत्वको टोलीमा डा लालमणि अर्याल, बारपाक पोलिटेक्निक इन्टिच्युटका डा कमल बस्याल, बारपाक सुलिकोट गाउँपालिका पशु सेवा शाखाका प्रमुख हिक्मतबहादुर खड्कालगायतले सेवा दिनुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?