काठमाडौं । चलचित्र कलाकार संघले विशिष्ट कलाकारलाई सेवासुविधा उपल्बध गराउन माग गरेको छ । संघले सरकारको तर्फबाट कलाकर्मीलाई प्रदान गरिने विशिष्ट परिचय पत्रको सेवासुविधा उल्लेख गर्न माग गरेको हो ।
संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा कलाकारको एक टोलीले मंगलबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई भेटेर उक्त माग राख्नुभएको हो । टोलीले उक्त अवसरमा ७० वर्ष नागेका कलाकारलाई राज्यले मासिक भत्ता र औषधोपचार सुविधासमेत दिनुपर्ने प्रस्ताव राखिएको छ ।
विदेशबाट कलाकारका लागि आउने विभिन्न अवसरका कोटामा समेत कलाकार संघको सिफारिश अनिवार्य गर्न माग राखेको निरौलाले जानकारी दिनुभयो । उक्त अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष केसीले कलाकारको मागप्रति आफू सकारात्मक रहेको बताउनुभयो ।
टोलीमा अध्यक्ष निरौलासहित निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनील कटुवाल, सहकोषाध्यक्ष पवित्रा आचार्य, सदस्यहरू गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रोशन श्रेष्ठ, समीर लामा, कार्यक्रम तथा व्यवस्थापन समितिका संयोजक डिबी बम्जनलगायतको उपस्थिति थियो । कार्यक्रममा बोर्डका तर्फबाट सदस्य केएल पीडित, रविचन्द्र अधिकारी, राजु खत्रीलगायतको सहभागिता थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts