पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रामा अलमलिने न छुट छ न त समय : गगन थापा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपनिर्वाचनले दिएको सन्देशका विषयमा बहस र विश्लेषण भइरहेको बताउनु भएको छ ।

थापाले  हालै सम्पन्न उपनिर्वाचनले पार्टीभित्र, पार्टी बाहिर देश विदेशमा भएको बहसले कांग्रेस रुपान्तरणको अभियानलाई थप मद्दत पुग्ने आशा व्यक्त गर्नुभएको छ ।

बुधबार साँझ एक वक्तव्य जारी गर्दै महामन्त्री थापाले नेपाली जनता र पार्टीका साथीहरुले दिएको सुझावलाई गम्भीरतापूर्वक आत्मसात गरेको बताउँदै जसले नेपालको राजनीतिको सुद्धीकरण र नेपाली कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

उपनिर्वाचनबाट नव निर्वाचित सांसदहरुलाई बधाई दिँदै उहाँले सम्मुनति र सुशासनका लागि संसदको यो कार्यकाललाई उपलब्धिमूलक बनाउन आफूहरुबीच सहकार्य हुने समेत बताउनु भएको छ ।

साथै उहाँले यो मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै कांग्रेसको सन्दर्भमा समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी भएको बताउनु भएको छ ।

ADVERTISEMENT

पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको बताउँदै उहाँले आफूलाई अलमलिने छुट र समय नभएको समेत बताउनु भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज