हावाहुरीको कारण दारीमगाड लघु जलविद्युत् आयोजनाको पावर हाउसमा क्षेती

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ: बझाङको बुंगल नगरपालिका-२ पौडी स्थित दारीमगाड लघु जलविद्युत् आयोजनाको पावर हाउसको छाना हावाहुरीले उडाएको छ ।
जस्तापाताले छाएको लघु जलविद्युत् आयोजनाको पावर हाउसको छानो आइतबार आएको हावाहुरीले उडाएको हो ।

हावाहुरीले आयोजनाको २ कोठे भवनमा क्षति गरेको लघु जलविद्युत् आयोजनाका मुल समितिका अध्यक्ष विष्णुप्रकाश जोशीले बताउनु भयो ।
३०.५ किलोवाट क्षेमताको उक्त जलविद्युत् आयोजनाको पावर स्टेसनको छानोमा हावाहुरीले क्षेती पुर्‍याएपछि बिद्युत अबरुद्ध हुदाँ सेवाग्राहीलाई समस्या भएको हो । बन्द भएको समयमा हावाहुरीले पावर हाउसको छत उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको र बिद्युत अबरुद्ध भएको उहाँले बताउनु भयो ।

ADVERTISEMENT

बिद्युत आयोजनाबाट बुंगल नगरपालिका वडा नं १ र २ का करीब २ सय ९घरदुरी लाभाम्वित रहेको भएपनि हावाहुरीका कारण आयोजनाको पावर हाउसमा क्षेती भए पछि विद्युत सेवा अबरुद्ध हुदा लाभान्वित क्षेत्रमा संचालित साना तथा मझौला कलकारखाना, कुटाइ पिसाई गर्ने मिल सङ्गै मोबाइल चार्जलगायतका अन्य सबै सेवा हरु प्रभावित बनेका छन्, भने स्थानिय अन्धबारमा बस्न बाध्य भएका छन् ।

आज बाट छतमा अस्थायी रुपमा त्रिपाल हालेर बिद्युत प्रवाह गर्ने तयारी थालिएको भएपनि छानो पुःन निमार्णका लागि भने आर्थिक नभएकाले सम्बन्धित निकाएको सहयोगको पर्खाइमा रहेको स्थानिय गोबिन्द धामीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज