पोखरा । नेकपा एमालेले नेतृत्व गरेको दोस्रो प्रदेश सरकार पनि ढलेको छ । विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज भएको मतदानमा विश्वासको मत पाउन नसके पछि उहाँको नेतृत्वकाे सरकार ढलेको छ । साथै, उहाँ स्वतः पदमुक्तसमेत हुनुभएकाे छ ।
मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभा समक्ष राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसे पछि उहाँ पदमुक्त हुनुभएकाे हाे । उहाँले आफुलाई विश्वासको मत दिन प्रस्ताव गर्नुभएकाे थियाे ।
केन्द्रिय राजनीतिमा बदलाव आएसँगै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संवैधानिक ब्यवस्था अनुसार दोस्रो पटक विश्वासको मत लिनुभएका अधिकारीले आज विश्वासको मत प्राप्त गर्न नसक्नु भएकाे हाे ।
अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts