भोजपुर । कृषि तथा गैर कृषि क्षेत्रमा आय आर्जन सम्वन्धी कृयाकलापहरु गर्न सम्भाब्यता पहिचान गरी दिगो आर्जनका श्रोतका लागि सहयोग गर्ने उद्धेश्यका साथ सुरु भएको समृद्धि कार्यक्रम पहाडी जिल्ला भोजपुरमा प्रभावकारी देखिएको छ ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गत ग्रामिण उद्यम तथा बिप्रेषण आयोजना (समृद्धि) आयोजना संचालनमा छ । समृद्धि आयोजना तथा उद्योग बाणिज्य संघ भोजपुरको आयोजनामा मंगलवार भोजपुर सदरमुकाममा सरोकारवालाहरुका लागि हरियो तरकारी तथा अकबरे खोर्सानीको दिगो बजारीकरण तथा प्रवर्धनका लागि क्लष्टर स्तरीय एक दिने बहुसरोकारवाला गोष्ठी समेत संचालन गरिएको छ ।
उत्पादित समाग्रीहरुको बजारीकरणमा समृद्धि कार्यक्रमले कृषकहरुलाई सहजीकरण गर्दे आई रहेको छ । सोक्रममा सहभागीहरुलाई नेपाल एग्रो लाइभ प्रालिका नेल्सन श्रेष्ठ लगायतले हरियो तरकारी तथा अकवरे खुर्सानीको बजारीकरण र प्रवर्धनका बिषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा प्रालिका प्रमुख राजन गैरे, समृद्धि आयोजनाका लोकेन्द्रबहादुर रावल, रजत पोख्रेल, स्वीजरल्याण्डका कन्सल्टेन्ट विली म्युली लगायतको उपस्थिती थियो भने स्थानीय तहका प्रमुख, उपप्रमुख, कृषक समुह, कृषक र कृषिसँग सम्वन्धी शाखाका प्रमुखहरुको सहभागिता थियो ।
आयोजनाले बजारीकरण तथा प्राबिधिकरुपमा कृषकहरुलाई सहयोग पु¥याउँदै आएको छ । दीर्घकालीनरुपमा ब्यवसाय अघि बढाउनका लागि बजारीकरण तथा आवश्यक प्राबिधिक ज्ञानको लागि समृद्धि आयोजनाले सहयोग गर्दै कार्यक्रम जिल्लामा प्रभावकारी देखिएको कार्यक्रमका सहभागि सन्तोष तिवारीले बताउनुभयो । “उत्पादन भएका सामाग्रीहरुले उचित मूल्य नपाउँदा कृषकहरु मारमा परेको अवस्थामा समृद्धिले बजारीकरण तथा प्रवर्धनमा सहयोग गर्नु प्रभावकारी देखिएको छ ।” तिवारीले भन्नुभयो ।
समृद्धि आयोजना भोजपुरका साथै प्रदेशका बिभिन्न १६ जिल्लाहरुमा संचालनमा रहदै आएको छ । कृषि तथा गैरकृषि क्षेत्रमा उद्यम प्रवद्र्धनका लागि उत्पादन क्लष्टरहरुको सवलीकरण, आपूर्ति श्रृखलाहरुको बिकासबाट बजारसम्मको पहुँचमा बिस्तार गर्ने, रोजगारी सिर्जनाका लागि ब्यवसायीक तालिम तथा औद्योगिक प्रशिक्षणका कार्यक्रम गर्ने लगायतका कार्यक्रममा समृद्धिले सहयोग गर्दे आई रहेको छ ।







Great. Thanks, Niraj Je, for covering the news about RERP.