सेती नदीको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले हिजो (शनिबार) पनि सेती नदीको खोजमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको दुखद् घटनाबारे संसदमा जानकारी गराउँदै त्यहाँको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको हो । त्यसका लागि सरकारले विज्ञहरुले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने उहाँको भनाई थियो । सांसद भट्टराईले भूगर्भविद्हरुले सेती नदीको कारण ठूलै क्षति हुन सक्ने औंल्याएको उल्लेख गर्दै सरकारले उनीहरुले दिएको सुझाव अनुसार त्यसको संरक्षणमा लाग्नुपर्ने पनि बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नु भयो, ‘हिजो पोखरामा दुखद घटना घटेको छ । सेती नदी पोखराको सुन्दरता हो । यसको खोँचमा धेरै नागरिकहरुको जीवनको क्षति भएको छ । हिजो ३ बजेतिर खेलीरहेका बेला १५ नम्बर वडा अवस्थित सिताराम हाउजिङ नजिकै स्मृति पराजुलीको सेती खोचमा परेर उहाँले आफ्नो जीवन गुमाउनु परेको छ । म १२ वर्षीया स्मृति पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँको आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । धेरै पटक सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउनु पर्छ भनेर संसदमा पटकपटक आवाज उठाईको छ । खासगरी पोखराका भूगर्भविद्हरुले अध्ययन गर्दा सेती नदीले भोली जुनसुकै खालका दूर्घटना पुर्‍याउन सक्ने खतरा छ भन्ने ध्यानाकर्षण समेत सरकारलाई गराइएको छ । नागरिकहरुको जीवनलाई कहिलेसम्म क्षति पुर्‍याउने हो ? त्यो क्षतिलाई न्यूनिकरण गर्नका लागि सरकारले योजना बनाएर भोलीका दिनमा यस्ता क्षतिहरु हुन नदिनका लागि त्यो जोखिम क्षेत्र वरपर तारबार लगाउने, विज्ञहरुले भने अनुसार सुख्खा पहिरो जान नदिनका लागि विशेष व्यवस्था गर्न सुझाव दिनु भएको छ । त्यो सुझावलाई ग्र्र्रहण गर्दै योजना बनाउने काममा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद भट्टराईले सरकारले विगतमा पनि आफूहरुले सो नदीको संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज