सिसासद्वारा पुस्तक लोकार्पण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रूपन्देहीको आयोजनामा सिसासकी कोषाध्यक्ष एवं आजीवन सदस्य सिर्जना खनालद्वारा रचित ‘अङ्कुरित सिर्जना’ र सिसासका आजीवन सदस्य श्री यज्ञलाल सुवेदीद्वारा रचित ‘पर्दाभित्र’ छन्दोबद्ध कवितासंग्र्रह’ भैरहवामा एक कार्यक्रबीच विमोचन गरियो । सिसासकी उपाध्यक्ष सरु ज्ञवालीको अध्यक्षता, प्राज्ञ प्रा.डा.कपिलदेव लामिछानेको प्रमुख आतिथ्य, प्रा.डा.गितु गिरी, डा.बालकृष्ण चापागाईं, डिल्लीराज भट्टराई, सोनु गुरुङको विशिष्ट आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा कविता अधिकारी, सञ्जना शर्मा, दुर्गा थापामगर, नेत्र गौतम र लता प्रधानले कृतिकारद्वयका रचना वाचन गर्नुभएको थियो ।

यसैगरी समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रूपन्देहीका पूर्वअध्यक्ष एवं सल्लाहकारद्वय सुरज घिमिरे दीपशिखा र छवि ज्ञवाली, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, शहीद स्मृति पुस्तकालयका अध्यक्ष एवं सिसासका सल्लाहाकार रुद्र ज्ञवाली, वरिष्ठ हाइकुकार सोनु गुरुङ, नारद गौतम, प्रा.डा.गितु गिरी, डा.बालकृष्ण चापागाईलगायत वक्ताहरूले विमोचित कृतिका स्रष्टाद्वयलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

ADVERTISEMENT

पर्दाभित्र छन्दोबद्ध कवितासंग्रहको समीक्षा छन्दवादी समाज नेपालका संस्थापक अध्यक्ष कविराज पौडेलले गर्नुभएको थियो भने अङ्कुरित सिर्जना छन्दोबद्ध कवितासंग्र्रहको समीक्षा रमेश समर्थनले गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष ऋषि आजाद, लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेय, प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेशका अध्यक्ष तिलक लामिछाने, लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देहीका उपाध्यक्ष कृष्ण गाउँले, प्रलेस नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङ, लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देहीका सहसचिव सरला गाहा, सिर्जनशील साहित्यिक समाज (सिसास) का पूर्वअध्यक्षहरू तेजप्रसाद पन्थ, नारायणप्रसाद भण्डारी, शशि पन्थी, सिद्धार्थ साहित्य परिषद्का सचिव लक्ष्मीप्रसाद अधिकारी, कान्ति मावि बुटवलका शिक्षकहरू राजन पौडेल, होमराज भुसाल, मोहन भट्टराई, पुण्य भुसाल, विश्वनाथ न्यौपाने, अनिता शर्मा, मीना न्यौपानेलगायको उपस्थिति रहेको थियो ।

त्यस्तै गरी कार्यक्रममा डा.शंकरप्रसाद नेपाल, ठाकुरचन्द्र शर्मा, युवराज खनाल, रामबहादुर श्रेष्ठ, सीता काफ्ले, डा.लक्ष्मी पोखरेल, दीपक प्रधान, देवी न्यौपाने धीर, बाबुराम ज्ञवाली, गणेश आत्रेय, अनमोल शर्मा, योगनाथ आचार्य, नारायण ज्ञवाली, सावित्री घिमिरे, शैक्षिक व्यक्तित्वहरू किशोरकुमार खनाल, कृष्ण रेग्मी तथा अभिभावकहरू डिल्लीराज गौतम, सुशीला गौतम, हरिकृष्ण सुवेदी, प्रमिला राणालगायत ८६ जनाको उपस्थिति रहेको थियो । सिर्जनशील साहित्यिक समाज (सिसास)का पूर्वअध्यक्ष एवं सल्लाहकार सुवास रिजाल यात्रीको स्वागत मन्तव्य, सहसचिव राधा भट्टराईले स्वागत गीत गाउनुभएको थियो भने कार्यक्रमको सञ्चालन सिर्जनशील साहित्यिक समाज (सिसास) का सचिव विष्णुप्रसाद गजुरेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?