टिप्परको ठक्करबाट एक जनाको मृत्यु

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको सरावलमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु १ ख ४१२५ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको लु ७७ प ७८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनवल १३ बडेरा बस्ने ३२ वर्षका चिरञ्जीवी काफ्लेको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

टाउको र शरीरका विभिन्न ठाउँमा गम्भीर चोट लागेका काफ्लेको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज