काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका शेखर कोइराला समूहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराउनु भएकाे हाे ।
सोही क्रममा उहाँले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताउनुभयाे ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
गत ११ पुसमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचित हुँदै आउनुभएकाे छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts