घोषित रुपमा संविधान नमान्ने पार्टीसँग सहकार्य गर्नेले एमालेले संविधान मान्दैन भन्न मिल्दैनः महासचिव पोखरेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान नमान्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्दै आरोप लगाउनुको कुनै अर्थ नरहेको जिकिर गर्नुभयो । महासचिव पोखरेलले सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भइरहेको बताउनु भयो ।

उहाँले घोषित रुपमा संविधान नै नमान्ने पार्टीहरुसँगको सहकार्यले संसदीय मूल्य, मान्यतामाथि प्रहार गरिरहेको बताउनु भयो । महासचिव पोखरेलले जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता रहेपनि त्यसमाथि नै प्रहार भएको आरोप लगाउनु भयो । उहाँले नेकपा एमालेले संविधान नै मान्दैन भनेर आरोप लगाउनु जति मजाकको विषय अरु हुनै नसक्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘यस्तो मान्यता स्थापना गर्ने कोशिस गरियो की नेकपा एमालेले संविधान नै मानेन भन्ने अर्थमा संविधान नमान्नु भनेको प्रतिक्रान्ती हो भन्ने अर्थमा व्याख्या गर्ने कोशिस भयो । र क्रान्तिकारीका लागि संविधान भनेको नै अघि बढ्नका लागि सह्य हुन्छ भन्ने मान्ने हो, सैह्य हुँदैन भन्ने बदल्ने हो । संविधान कुनै लकिरका फकिर होइन, त्यो बदल्न नमिल्ने चिज पनि होइन । सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भएको छ । अहिले पनि नेताहरु त्यही व्याख्या गरिरहेका छन् । नेकपा एमालेले संविधान मानेन भन्ने अर्थमा व्याख्या गरिरहनुभएको छ । संविधान नमान्ने थुप्रै पार्टीहरुसँग त उहाँहरु सहकार्य गरिरहनुभएको छ । जसले घोषित रुपमा संविधान नै मान्दैन, उनीहरुसँग सहकार्य गर्ने, संसदीय मूल्य,मान्यताभित्र अभ्यासमा रहेको चिजलाई अभ्यास गर्ने सन्दर्भमा प्रहार गर्ने । जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता हो । त्यो विशेषतामाथि प्रहार गर्ने, संविधानमा हस्ताक्षर नगरेका दलहरुसँग सहकार्य गर्ने । हामीमाथि के आरोप लगाउने भन्दा यिनले त संविधान मान्दैनन् भनेर आरोप लगाउने । यो भन्दा अर्को मजाकको विषय के हुनसक्छ ?’

महासचिव पोखरेलले नेपालको राजनीतिमा मुख्य दलहरु भनेको नेकपा एमाले र नेपाली काँग्रेस मात्रै रहेको दाबी गर्नुभयो । उहाँले सम्पूर्ण वामपन्थी शक्ति भनेकै नेकपा एमाले रहेको बताउनु भयो । सत्तारुढ दलहरुले आफ्नो चाहनाका लागि मात्रै अदालतको प्रयोग गर्ने गरेको आरोप लगाउनु भयो । राजनीतिक अस्थिरताका कारण नै नेपाल बन्न नसकेको उहाँकाे भनाइ थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?