काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बोलाइएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको बताइएको छ।
बैठक आज (मंगलबार) बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्नेछ।
रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसक्नुभएको छ ।
स्पष्टीकरणपत्रमा उहाँले आफूलाई जोडेर आएको अडियो नक्कली भएको जिकिर गर्नुभएको छ । उहाँले अडियो सम्पादन भएर आएको जिकिर गरे पनि पार्टीले गर्ने जस्तोसुकै कारबाही भोग्न भने तयार रहेको बताएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts