फ्रान्सको हिम पहिरोमा परी पाँच जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

पेरिस । फ्रान्समा आइतबार गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।

दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै गएको हिम पहिरोमा परी पाँच जनाको मृत्यु भएको फ्रान्सेली समाचार संस्थाहरूले जनाएका छन ।

ADVERTISEMENT

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिन ट्वीटरमा लेखेकासमेत छन्, ‘हिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।’

हिम पहिरो गएको स्थानमा उद्धारकार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको जनाईएको छ । समाचार अनुसार हिम पहिरो गएको उक्त स्थानमा एक दर्जन भन्दा बढी व्यक्ति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?