गीति सँगालो ‘रोशी’ सार्वजनिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भक्तपुर । कवि गीतकार हरिकृष्ण बखुन्छेको गीति सँगालो ‘रोशी’सार्वजनिक भएको छ । भक्तपुरमा एक कार्यक्रमबीच बखुन्छेको गीति सँगालो ‘रोशी’सार्वजनिक गरिएको हो ।

ADVERTISEMENT

सिर्जना अभियान समाजको आयोजनामा भएको कार्यक्रममा कृति सार्वजनिक गर्दै गीतकार राजेन्द्र थापाले गीतमा पनि पाठकले परिवर्तनको चाहना राखेकाले त्यसतर्फ गीतकारहरूले सोच्नुपर्ने बताउनुभयो । गीतकार सुवासचन्द्र ढुंगेलले बखुन्छेका गीतहरू मनछुने रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा त्रिविक्रम पाण्डे, कृतिकार बखुन्छे, साहित्यकार धु्रव मधिकर्मी, रोहित दाहाललगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *