अब चाँडै कर्णाली सरकारमा कांग्रेस देख्नु हुनेछः उपप्रधानमन्त्री खड्का

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएकाे छ ।

शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागिता पनि चाडै हुने बताउनुभयाे ।

उहाँका अनुसार मन्त्री पठाउने विषयमा पार्टीमा विवाद नभएको जिकिर गर्दै सो बारेमा आन्तरिक छलफल चलिरहेकाले ढिलाई भएको हो । यद्दपी, अबको केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने उहाँको भनाई छ । ‘केही आन्तरिक कुराले मात्र सरकारमा मन्त्रीको नाम पठाउन ढिलाई भएको हो,' उहाँले भन्नुभयाे, 'यस विषयमा अहिले पार्टीमा कुनै विवाद छैन्, एकदुई दिनमा सरकारले पुर्णता पाउँछ,’ उहाँले भन्नुभयाे ।

ADVERTISEMENT

शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने जनाउँदै कांग्रेस उपसभापतिसमेत रहनुभएका खड्काले सरकारले हालै सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमको जगमा नै टेकेर आगामी बजेट ल्याइने बताउनुभयाे ।

कर्णाली प्रदेशको सरकार पनि केन्द्रको गठबन्धन अनुसार अघि बढ्ने जनाउदै उपप्रधानमन्त्री खड्काले भन्नुभयाे, ‘शीर्ष नेताहरुबीचको बैठक बसेर कर्णाली सरकार परिवर्तनको विषयमा छलफल हुनेछ, अब चाँडै कर्णालीमा कांग्रेस सरकारमा गएको देख्नु हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?