काठमाडौं । सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ ।
सिक्कम सरकारले बिज्ञप्ति जारी गर्दै गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको मृत्यु भएको जानकारी दिएको हो ।
मृत्यु हुने तीन नेपालीहरूमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीको मुना शाह श्रेष्ठ रहनुभएको छ । नेपालबाट घुम्न गएका उहाँहरू अचानक आएको हिमपहिरोमा पर्नुभएको हो ।
तीनै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । अन्य मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये रहनुभएको छ । त्यस्तै हिमपहिरोमा परेर १३ जना घाइते भएका छन् ।






