पत्रकार महासंघको स्थापना दिवसमा सप्तरी शाखाद्वारा रक्तदान

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज। नेपाल पत्रकार महासङ्घले आज ६८ औँ स्थापना दिवस देश भरका शाखामा विविध कार्यक्रम गरी मनाइरहँदा शाखा सप्तरीले रक्तदान कार्यक्रमको आयोजना गरि मनाएको छ ।

दिवसको अवसरमा महासङ्घका देशैभरका शाखाहरूले विभिन्न कार्यक्रमको आयोजना ६८ औँ स्थापना दिवस मनाएका छन् ।
शाखा सप्तरीले बिहीवार गजेन्द्र नारायण सिह अस्पताल स्थित रक्तदान सञ्चार केन्द्र रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको हो ।

ADVERTISEMENT

पत्रकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी २४ जनाले रक्तदान गरेका छन् । सप्तरी शाखाका कार्यवाहक बैधनाथ यादव र पूर्व मन्त्री शैलेन्द्र प्रसाद साहले संयुक्त रूपमा केक काट्नुभएको थियो ।

रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष बैधनाथ झा, मुरली यादव, प्रेस मञ्चका महासचिव अबधेश झा, प्रेस मञ्च सप्तरीका अध्यक्ष भूषण सिंह, प्रेस युनियनका केन्द्रीय सदस्य मिथलेश यादव, , शाखा सप्तरी सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीन गुप्ता, सदस्य , दिनानाथ यादव, चन्दन यादव, बिन्दु यादव, प्रिया सिँह थारू, कृष्णा मण्डल, परिष कर्ण, रक्त समाजसेवी हित नारायण लाल दास, शैलेन्द्र सिह, रक्तसञ्चार केन्द्रका नवीन झा, लगायतको उपस्थिति रहेको महासंघ शाखा सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज