बर्दघाट नगरपालिकाद्वारा नगर भित्र रहेका अव्यवस्थित तार हटाउने अभियान सुरु

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । बर्दघाट नगरपालिकाले नगर क्षेत्रमा रहेका अब्यवस्थित तार हटाउने अभियान सुरु गरेको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बेधविना तिवारी र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाको नेतृत्वमा बर्दघाट बजार क्षेत्रमा रहेका अब्यवस्थित तार हटाउने अभियान सुरु गरिएको हो ।

बर्दघाटको मुख्य बजार क्षेत्रका विद्युत, टेलिकमका पोलमा गुजुल्टीएका र लत्रिएका तारले दुर्घटना जोखिम बढाएको र नगरको सौन्दर्य समेत विगारेकोले अब्यवस्थित तार हटाउन लागिएको वडा नम्बर ४ का अध्यक्ष वेधविना तिवारीले बताउनु भयो । उहाँले भन्नुभयाे- 'अव्यवस्थित रुपमा रहेका तारले नगरको सौन्दर्यतामा नै नकारात्मक असर गरिरहेका छन त्यसैले यसलाई हटाउन लागिरहेका छौ । यो निरन्तरता चलिरहने छ ।'

ADVERTISEMENT

विशेषगरी इन्टरनेट सेवा प्रदायकहरुको तार अब्यवस्थित रहेका छन । नेपाल टेलिकमको पिएसटिएन फोनका केवुल र इन्टरनेट सेवा प्रदायकका केवुलहरु एउटै पोलमा गुजुल्टाएर राख्दा आगलागीलगायतका जोखिम रहेका छन ।

बर्दघाट नगरपालिकाले अप्टीकल फाइवर केवल प्रयोग गरी इन्टरनेट र केवल सेवा प्रदायकहरु गत मँसिर २१ गते मँसिर मसान्तसम्म तार ब्यवस्थापन गर्ने गरि निर्देशनात्मक समन्वय भएता पनि लामो समयसम्म कार्यन्वयन नभएकोले नगरले तार ब्यवस्थापन गर्ने अभियान सुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताउनु भयो । उहाँका अनुसार नगरले चैत ८ गते पुनः सुचना जारी गर्दै नगर क्षेत्रमा अप्टीकल केवल मार्फत सेवा प्रदान गरेका १४ वटा सेवा प्रदायक सँस्थालाई पुनः पत्राचार गर्दै ब्यवशाय दर्ता गर्न र तार ब्यवस्थापन गर्न अनुरोध गरेको थियो तर सरोकारवालाहरुले ब्यवस्थापनमा आलटाल गरेकोले तार हटाउने अभियान सुरु गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज