आजबाट सेतो मच्छिन्द्रनाथ रथयात्रा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । आज अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म हुनेछ ।

५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन लगिनेछ ।

यस्तै चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, १७ गते ४ बजेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन, चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ ।

ADVERTISEMENT

किम्वदन्तीअनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ ।

सोही परम्पराअनुसार अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ । उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमती र चोभारको रातोसहित चारवटा मच्छिन्द्रनाथ छन् । धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *