बैतडी । बैतडीमा गौहत्याका अभियोगमा एक जना पक्राउ परका छन् । दोगडाकेदार गाउँपालिका-३ जड्याखालीका ३६ वर्षीय रमेश भूललाई गाईलाई मारेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
मदिरा सेवन गरी सोमबार साझँ आफ्नै घरमा पालेका ३ वटा गाईलाई काठको चिरपटले हानेर मारेको खुलेको प्रहरी निरिक्षक जोशीले बताउनुभयो ।
गाईलाई मार्ने भूल सोमबार राती नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






