बारा कांग्रेसले गर्‍याे राधेचन्द्र यादवको एकल नाम सिफारिस

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 2 mins

बारा । नेपाली कांग्रेस बाराले क्षेत्रमा नम्बर २ को उपनिर्वाचनमा संविधानसभा सदस्य राधेचन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुले साझा उम्मेदवार बनाउने चर्चा गरिरहेको बेला सोमबार कलैया स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा सम्पन्न नेपाली काँग्रेस जिल्ला कार्य समिति बाराको बैठकले बैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा सम्पन्न बैठकले संविधानसभा सदस्य यादवको एकल नाम सिफारिस गरेको नेपाली कांग्रेस बारा क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति रामप्रवेश यादवले बताउनुभयो ।

ADVERTISEMENT

क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका राम सहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछी सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुन लागेको छ ।

जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव पनि सो क्षेत्रमा चुनाव लडने चर्चा चलिरहेको बेला नेपाली काँग्रेस बाराको निर्णयले बाराको राजनीतिमा तरंग ल्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज