काठमाडौं । छिमेक लघुवित्तको सञ्चालक समितिको २१औँ साधारणसभाले २५.२६ प्रतिशत लाभांश पारित गरेको थियो । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
संस्थाले हाल ६९ जिल्लामा १९५ शाखामार्फत् चार लाख २९ हजार १७३ जनालाई सेवा प्रदान गर्दै आएको छ । २०५८ सालमा स्थापना भएको यस संस्था आर्थिक वर्ष २०७८/०७९ मा ९४ करोड ७२ लाख २२ हजार ७३ रुपैयाँ ६४ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । साथै साधारणसभाले संस्थाको अधिकृत पुँजी दुई अर्ब ५० करोडबाट वृद्धि गरी तीन अर्ब ७५ करोड पुर्याउने निर्णयसमेत गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता