छिमेक लघुवित्तको २५.२६ प्रतिशत लाभांश

Read Time = 1 min

काठमाडौं । छिमेक लघुवित्तको सञ्चालक समितिको २१औँ साधारणसभाले २५.२६ प्रतिशत लाभांश पारित गरेको थियो । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

ADVERTISEMENT

संस्थाले हाल ६९ जिल्लामा १९५ शाखामार्फत् चार लाख २९ हजार १७३ जनालाई सेवा प्रदान गर्दै आएको छ । २०५८ सालमा स्थापना भएको यस संस्था आर्थिक वर्ष २०७८/०७९ मा ९४ करोड ७२ लाख २२ हजार ७३ रुपैयाँ ६४ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । साथै साधारणसभाले संस्थाको अधिकृत पुँजी दुई अर्ब ५० करोडबाट वृद्धि गरी तीन अर्ब ७५ करोड पुर्‍याउने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज