वडा कार्यालयले दियो विद्यार्थीलाई पोशाक

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि भोजपुरको भुल्के वडा कार्यालयले पोशाक बितरण गरेको छ ।

जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ३, भुल्केले आफनो मातहतमा रहेका चार बिद्यालयका बिद्यार्थीलाई पोशाक बितरण गरेको वडाध्यक्ष रामु थापा मगरले बताउनुभयो ।

ADVERTISEMENT

वडा भित्र रहेको जनराधिका प्राथमिक बिद्यालय, गैयादेवी प्रावि, एकादशी प्राबि र पञ्चकन्या माध्यामिक बिद्यालयमा कक्ष १ देखि ५ सम्म अध्ययनरत रहेका दुई सय ४१ जना बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको हो ।

आगामी बर्षदेखि बिद्यालयमा संचालनमा रहेको इसिडी कक्षाका बालबालिकाहरुलाई पनि पोशाक बितरण गरिने वडाध्यक्ष थापा मगरको भनाई रहेको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई पोशाक बितरण गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज