बोलेरोको ठक्करवाट झापामा एक जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

झापा । झापामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कमल गाउँपालिका-५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको बाेलेरोकाे ठक्करवाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  मंगलबार राति १० बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएकाे हो ।

ADVERTISEMENT

सो दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका-२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई भने प्रहरीले बुधबार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ ।

गाडीसहित पक्राउ परेका चालक तामाङलाई आवश्यक कारबाहीकाे प्रक्रिया अघि बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *