शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंगोमा पुर्‍याउनु पर्छः महामन्त्री थापा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 10 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकि कामलाई छिटो भन्दाछिटो टुंगोमा पु¥याउनुपर्ने बताउनु भएको छ ।

महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगोमा पु¥याउनुपर्ने बताउनु भएको हो ।

मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पु¥याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पु¥याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिनु भयो ।

महामन्त्री थापाले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगोमा पु¥याउन सबै राजनीतिक दलहरुलाई आग्रह समेत गर्नु भयो । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पु¥याउने र अन्तराष्ट्रिय मूल्य, मान्यता विपरित जान नहुने उहाँको भनाई थियो । महामन्त्री थापाले राजनीतिक दलहरुलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पु¥याउने कामबाट भाग्ने छुट नभएको पनि पटकपटक दोहो¥याउनु भयो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सूरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने कामको नेतृत्व नेपाली काँग्रेसले नै लिनुपर्ने पनि उहाँले बताउनु भयो ।

महामन्त्री थापाले भन्नु भयो, ‘शान्ति प्रक्रियाको खासगरी संक्रमणकालीन न्यायसँग जोडिएको केही विषयहरु छन् । जुन विषयहरुको बारेमा हामी एकदम प्रष्ट हुनुपर्छ । पहिलो कुरा, हामी सुविचारित ढंगबाट सचेततापूर्वक जसले शान्ति प्रक्रिया प्रारम्भ ग¥यौं । यो विषय हामी सबैको विषय हो । खासगरी नेपाली काँग्रेसका लागि त हामी सुरुवात आफैले गरेको हो भन्छौं । हो पनि । त्यसैले यसलाई टुंग्याउने मुख्य जिम्मेवारी पनि हाम्रो हो । र, शान्ति प्रक्रियामा सहभागी भएको नेपालको अन्य राजनीतिक दलहरु, चाहे हिँजो हामीसँगै रहेको नेकपा एमाले दल वा अर्को पक्ष भएको माओवादी हामी सबैको सामूहिक जिम्मेवारी हो । हामी सबैले दलीय संर्कीणता वा तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधन गर्ने प्रयास गर्नु पर्दछ । हामीसँग अव समयको सुविधा छैन । हामीले यसलाई यो वो त्यो बहानामा लम्ब्यायौ भने अझ यो जटिल बन्दै जान्छ । र, अझै हाम्रा निम्ति भविष्यमा अप्ठयारो पनि सृजना हुन्छ । र, यो अन्यायपूर्ण पनि हुन्छ । त्यसैले यसलाई हामीले अहिले टुंग्याउनुपर्ने हुन्छ । हामीले समयको महत्वलाई पनि बुझ्नुपर्नें छ । संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउँदै गर्दाखेरी यदि हामीले द्धन्द्धबाट पीडित भएकाहरुको भावनालाई सम्मान गर्न सकेनौ सम्बोधन गर्न सकेनौं । टुंग्याउनुपर्छ भन्ने नाममा जब्बरजस्ती उनीहरुले भारी बोक्नै पर्छ भन्नेतिर लाग्यौं । उसले त्यो कुरालाई मानेनन् स्विकार गरेनन् भने पनि हामी अप्ठयारोमै पर्छौं । हामीले यसमा पनि ध्यान दिनुपर्नेछ । र, यो विषय शान्ति प्रक्रियाको विषयचाँही हाम्रो विषय हो । सार्वभौम नेपालको हाम्रो सीमा भित्रको विषय हो । हामीले चाहे पनि नचाहे पनि यो विषय केवल हाम्रा विषयहरु मात्रै होइनन ् । यो कतिपय अन्तराष्ट्रिय कानुनसँग जोडिएका विषयहरु छन् । त्यसकारण हामीले टुंग्याउँदै गर्दाखेरी हामीलाई ठिक लागेर मात्रै हुँदैनन् । संसारमा हामी जुन मान्यताहरुमाथि विश्वास गछौं, त्यसको कसीमा यो ठिक देखिन्छ कि देखिदैन भन्ने कुरा तर्फ पनि हामीले ध्यान दिनुपर्नेछ । हामीले मिलेर एक ठाउँमा काम गर्नुपर्नेछ । यो पक्ष, त्यो पक्ष नभनिकन काम गर्नु पर्नेछ । म नेकपा एमालेलाई पनि आग्रह गर्छु–यो बेलामा हामी यो, त्यो नभनिकन काँग्रेस, एमाले, माओवादी सबै हामी एक ठाउँमा आएर यो विषयलाई हामीले टुंग्याउनु पर्नेछ । र, हामीले केन्द्रमा चाँही द्धन्द्धबाट पीडित भएकाहरु, जसले आफ्नो परिवानजन गुमाएका छन । उनीहरुको भावनालाई सम्मान गर्ने गरिकन सम्बोधन गर्ने गरीकन उनीहरुले पनि यसलाई मान्ने गरिकन यसलाई टुंगाउनु पर्नेछ । र, हामीले टुंग्याएको कुरा अन्तराष्ट्रिय समूदायको अगाडि हामी सबैले यो यो मान्यताको आधारमा टुंग्याएका छौं भनेर भन्नु पर्छ । संक्रमणकालीन न्यायको विषय टुंग्याउँदै गर्दाखेरी मात्रै हामीले गिरिजाप्रसाद कोइरालाई गिरिजाप्रसाद कोइरालालाई सम्मान गरेको हुन्छौं ।’

ADVERTISEMENT

महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक आजसम्म टिकेको दावी समेत गर्नु भयो । उहाँले कोइरालाले लिएको आर्थिक नीतिबाटै मुलुक टिकेपनि उहाँमाथि त्यसको जस नदिएर अन्याय गरेको उहाँको बुझाई थियो ।

महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई पनि सचेत गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘आज प्रत्येक मान्छे मुलुकको अवस्था देखेर आत्तिएको छ । खासगरी तन्नेरीहरु आत्तिएका छन । ठाउँ छोडेर जान चाहिरहेका छन । मान्छेले नेपालमा बसेर गल्ती पो ग¥यौ कि भन्न थालेका छन । गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको आन्दोलन २०६० सालतिर बरु हामी मान्छेहरुलाई आशावादी बनाउन सकिरहेका थियौं । तर आज हाम्रो सरकार छ । भरेभोली हाम्रो साथीहरु गएर केन्द्रदेखि वडासम्म हाम्रो सरकार छ । ३ सय भन्दा बढि ठाउँमा हाम्रो स्थानीय सरकार छ । अझ गठबन्धन जोड्यौ भने त सरकारनै सरकार हाम्रो छ । अव हामीले कसैलाई दोष दिन पाउँदैनौं । हिजो हिसावकिताव संसदमा भयो सक्कियो । हिजो सजिलो थियो । सांसदहरुको हिसावकिताव मिलायो । बहुमतको लाईन नाघ्यो । हाम्रो सरकार बन्यो । तर हिजोबाट घडीको सुई चल्न सूरु भएको छ । यसको हिसावकिताव जनताले राख्छन, नागरिकले राख्छन । यो हिसावमा हामी खरो उत्रन सक्यौ पास । नागरिकको निराशा घटाउँदै जान सक्यौ हामी पास भयौ । सबै तन्नेरीहरुले देश छोडनुपर्छ भन्ने मान्यता बदल्न सकेनौ भने हामी असफल भयौं । अव हामीले डेलिभरी दिन सकेनौं, तन्नेरीहरुलाई आशावादी बनाउन सकेनौं । यही केही हुन्छ भन्ने बनाउन सकेनौं । आज भन्दा भोली राम्रो बनाउन सकेनौ भनेदेखि भने हामीहरु त्यसमा असफल हुन्छौं । यसका निम्ति पनि फर्कने ठाउँ छ । हामीले गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीतिलाई अन्डरस्टिमेटगर्ने गरेका छौं । यो उहाँमाथिको अन्याय हो । आज नेपालको इकोनोमी केही कारणले टिकेको छ भने त्यो २०४८ सालदेखि २०५१ साल त्यही तीन वर्षको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले लिएको आर्थिक नीति, निर्णयको प्रभावमा टेकेका छौं ।’

महामन्त्री थापाले गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयहरुकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज