भोजपुर । भोजपुरको उत्तर षडानन्द नगरपालिका दिङलामा रहेको षडानन्द बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुका गिरिजा कार्कीसहितको टिम बिजयी भएको छ ।
प्रत्यक्षतर्फ सभापतिमा कार्कीसहित सचिव रोमिला राई र कोषाध्यक्षमा रेनुका बस्नेत निर्वाचित भएका छन भने सदस्यहरुमा तोपबहादुर तामाङ, भुवन राई, अस्मिता राई र दिनेश बिश्वकर्मा बिजय भएका हुन ।
प्रत्यक्षतर्फको ८ सिटमा ७ वटा सिट अनेरास्ववियुले जितेको हो ।
षडानन्द बहुमुखी क्याम्पसमा अर्को तर्फ भने कांग्रेस निकटको नेपाल बिद्यार्थी संघ, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीको अनेरास्ववियुको संयुक्त प्यानल निर्वाचनमा सामेल थियो । समानुपातिकतर्फको मतपरिणाम आउन बाँकी रहेको छ ।
क्याम्पसमा कुल दुई सय ६ जना बिद्यार्थी अध्यनरत रहेका छन ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts