फोटो खिच्ने क्रममा भिरबाट लडेर युवतीको मृत्यु

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । फोटो खिच्ने क्रममा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ ।

बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर फोटो खिच्ने क्रममा लडेर बागलुङ बजार बस्ने १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै मृत्यु भएको पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

मृतक खातुन भारत घर भई हाल बागलुङ बजार बस्दै आउनुभएको थियो । शवलाई पोष्टमार्टमा लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको न्यौपानेले जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो– “प्रहरीले युवतीको घटनास्थलबाट उद्दार प्रयास गरेको थियो, लडेर भीरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो, झोलुङ्गे पुलको पर्वत खण्ड नजिकैको नेपाल टेलिकमको बोर्डबाट पुल तर्फ सेल्फीखिच्ने क्रममा लडेर १०० मिटर तल झरेको अवस्था हो” न्यौपानेले भन्नुभयो “लामो पुललाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने क्रममा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धान हो ।”
घटनाको विषमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज