सामान्य सवारीमा राष्ट्रपति पौडेल ‘कुमारी घर’ (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमै कुमारी घर पुग्नुभएको छ।

उहाँ कारगेट नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घरमा पुग्नु भएको हो ।राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन।

वसन्तपुरको कुमारी घरमा पुग्दा पहिलेजस्तै कुनै तामझाम थिएन ।

ADVERTISEMENT

अगुवा र पछुवा गाडी लिएर राष्ट्रपति पौडेल वसन्तपुर पुग्दा धेरै सर्वसाधारणले त पत्तो समेत पाएनन् । अन्य भने राष्ट्रपति त्यसरी आएको भनेर पत्याउन सकिरहेका थिएनन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उहाँको आलोचना गरिएको थियो । उहाँ गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज