प्रधानमन्त्रीको विश्वासको मत बारे निर्णय लिन कांग्रेसले बोलायो केन्द्रिय कार्यसम्पादन समितिको बैठक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बोलाएको हो। यसअघि सानेपास्थित केन्द्रिय कार्यालय र सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बस्दै आएको बैठक यसपटक वानेश्वरस्थित संसद भवनमा बोलाईएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसले कार्यसम्पादन समितिका बैठक बोलाएको हो । कांग्रेस नेताहरुका अनुसार सो बैठकवाट प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्न लागेको हो।

ADVERTISEMENT

यसअघि पुस २६ मा पनि पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। एउटै कार्यकालमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज