बारा । बाराको सदरमुकाम कलैयामा शुक्रवार बिहान स्कुल बसको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।
वीरगन्ज स्थित गुरुकुल एकेडमीको बसको ठक्करबाट बिहान कलैया उपमहानगरपालिका-१ बालमन्दिर नजिक एकजना बालकको ज्यान गएको बारा प्रहरीले जनाएको छ ।
ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-१ मोतीबागका विनोद साह सोनारका तीन बर्षीय छोरा कार्तिक साह सोनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनु भयो ।
बस र चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements