बोर्डमा आजदेखि पटकथा लेखन र निर्देशनमा कार्यशाला हुँदै

Read Time = 1 min

काठमाडौं । चलचित्र विकास बोर्डमा आजदेखि पटकथा लेखन र निर्देशन विषयमा तीन दिने कार्यशाला हुनेभएको छ । आजदेखि ५ गतेसम्म भारतीय सिनेमामेकर तथा पूर्वएफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डिया, पुणे)का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा कार्यशाला गर्न लागेको हो । कार्यशालामा सहभागी हुन कुनै शुल्क नलाग्ने बोर्डले जनाएको छ ।

ADVERTISEMENT

बोर्डको हलमा हुने कार्यशालामा सहभागी हुनका लागि बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा गएर फारम भर्नुपर्नेछ । बोर्डको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत कार्यशाला हुन लागेको हो । यो कार्यशाला सिनेमा लेखन र निर्देशनमा रुचि हुनेहरूका लागि उपलब्धिमूलक रहने विश्वास बोर्डले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?